January 17, 2025, Friday
२०८१ माघ ४, शुक्रबार
सल्यानमा आफ्नै घरमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला

सल्यानमा आफ्नै घरमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला

माघ २८, सल्यान । सल्यानमा आफ्नै घरमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

जिल्लाको कुमाख गाउँपालिका ७ तुरतुतेका २३ बर्षीय कल बहादुर बुढाथोकीको आफ्नै घरको माथिल्लो तलाको कोठामा घाँटिमा सलको पासो लागाई झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

शनिबार दिउँसो २ बजेको समयमा उनी मृत फेला परेका थिए । उनको घरमा उनी र उनकी श्रीमति मात्र थिए । उनकी श्रीमति ७ दिनको सुत्केरी थिइन । उनका बुवा आमा हिजो मात्रै भारत तर्फ गएका थिए ।

घटनाको बारेमा थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।