February 23, 2024, Friday
२०८० फाल्गुन ११, शुक्रबार
सल्यानको बागचौरमा आगलागी : एक पसल जलेर नष्ट

सल्यानको बागचौरमा आगलागी : एक पसल जलेर नष्ट

माघ २७, सल्यान । सल्यानको बागचौरमा आगलागी भएको छ ।

शुक्रबार करिव १:१५ बजेको समयमा बागचौर नगरपालिका २ बागचौर बजार नजिक रहेको खरबारीबाट लागेको आगो बजारमा आउदा स्थानीय डम्बर कामीको चार तले घर र सोही घर नजिक सटेर रहेको शुरेश ओलिको एक तले टिनको टहरामा रहेको शारदा सिरक डसना  पसल जलेर पुर्ण रुपमा नस्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

आगलागीबाट करिब १० लाख बराबरको क्षेती भएको प्रारम्भिक अनुमान छ ।

ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलिले आगो नियन्त्रणमा लिएको छ ।

आगो कसले र किन लगाएको भन्ने कुरा अनुसन्धान भइ रहेको बताएको छ ।

तस्बिर : बामदेब केसी

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज