February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
सल्यानमा मोटरसाइकल एक आपसमा ठोक्किदा ६ जना घाइते : २ जना गम्भीर

सल्यानमा मोटरसाइकल एक आपसमा ठोक्किदा ६ जना घाइते : २ जना गम्भीर

माघ २४, सल्यान । सल्यानमा मोटरसाइकल एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छ्न ।

मंगलबार राती करिब ९:२० बजेको समयमा जिल्लाको शारदा नगरपालिका – १ जोगिदेउ खोला नजिकै श्रीनगरबाट बरला तर्फ जाँदै गरेको रा.७ प. ३२६८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको रा.६ प. १५६३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक र सवार सहित ६ जना घाइते भएका हुन ।

घाइते हुनेहरुमा सिद्धकुमाख गाउँपालिका – ३ का २४ बर्षीय सुरेश नेपाली, शारदा नगरपालिका  – ७ कजेरीका २१ बर्षीय अर्जुन बुढाथोकी, शारदा नगरपालिका – १ पटनेरीका १४ बर्षीय अनिल शाही, शारदा नगरपालिका – ९ गिठाचौरका १८ बर्षीय डिल्ली राज बोहरा, शारदा नगरपालिका – ६ भट्टाचौरका १५ बर्षीय शिशिर बुढाथोकी र शारदा नगरपालिका – ६ हलचौरका १८ बर्षीय हिमाल बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाईतेहरुको श्रीनगर स्थित कान्तिपुर अस्पताल र कर्णाली अस्पतालमा उपचार भई रहेको छ ।

घाइते मध्ये अर्जुन बुढाथोकी र हिमाल बुढाथोकीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज