January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
दाङमा भारतीय नम्बर प्लेटको टयांकरले ठक्कर दिदा सल्यानकी २ युवती घाइते

दाङमा भारतीय नम्बर प्लेटको टयांकरले ठक्कर दिदा सल्यानकी २ युवती घाइते

माघ १६, तुलसीपुर – भारतीय नम्बर प्लेटको टयांकरले ठक्कर दिदा दाङको तुलसीपुरमा २ महिला घाइते भएका छन् ।

घाइते हुनेमा सल्यानको कालीमाटी गाँउपालिका – १ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका – ९ बेलुवा निवासी २१ वर्षकी अनु बुढा र त्रिवेणी गाउँपालिका – १ निवासी २४ वर्षकी मनिषा केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बजारबाट बसपार्क तर्फ जाँदै गरेको यूपी ७८– सिएम २८१८ नम्बरको टयांकरले पिपलबोट नजिकै बाटोमा हिडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो । चालक सहित प्रहरीले टयांकरले नियन्त्रणमा लिएको छ ।