April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
राष्ट्रिय सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीबाट सल्यानका रायको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीबाट सल्यानका रायको उम्मेदवारी दर्ता

माघ ११, दाङ ।  राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मदवारी दिएको छ ।

नागरिक उन्मुक्तिका तर्फ सल्यानका राजेन्द्रवीर रायले उम्मेदवारी दिएका हुन् ।

उनको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङमा  आएकी थिइन् ।

राय प्रतिनिधि सभा चुनावअघि राप्रपाबाट एमालेमा प्रवेश गरेका थिए । प्रतिनिधि सभाको चुनावमा सल्यानमा नेकपा एमालेबाट चुनावी प्रतिस्पर्धा गरेका थिए । उनलाइ नेकपा समाजवादीका प्रकाश ज्वालाले हराएका थिए ।

त्यस्तै सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् । तर सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने छुट्टै उम्मेदवारी दिएको हो ।

रायको प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी छन ।

अध्यक्ष श्रेष्ठले सरकारलाई समर्थन रहे पनि आफूहरु गठबन्धन दल भित्र नरहेको बताइन । `सरकारलाइ विश्वासको मत दिए पनि हामी प्रतिपक्षको वेञ्चमा छौं । हामीले उठाउदै आएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाई हाम्रो सहयोग रहँदैन´, उनले भनिन्, `हामीले दिएको उम्मेदवारी फिर्ता लिदैनौं ।´

नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो ।

उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।