June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
५४ हजार मत गणना गर्दा ज्वाला झण्डै दोब्बर मतले अगाडी

५४ हजार मत गणना गर्दा ज्वाला झण्डै दोब्बर मतले अगाडी

मंसिर ७, सल्यान ।

सल्यानमा प्रतिनिधि सभा तर्फका गठबन्धनका उम्मेदवार प्रकाश ज्वालाको अग्रता कायमै रहेको छ ।

बिहान ११ बजे सम्मको गणना भएको ५४ हजार ४ सय ८५ मत अनुसार स्वतन्त्रबाट उम्मेदवार दिएका  राजेन्द्र बहादुर शाह भन्दा ज्वाला ११ हजार ३ सय ७३ मतान्तरले अगाडि छन् ।

ज्वालाले  २३ हजार ८३ र  शाह ले १३ हजार ४ सय ५६ मत पाएका छन् ।

ज्वाला गठबन्धनका साझा उम्मेद्बार हुन । उनि नेकपा एकीकृत समाजबादिका केन्द्रिय उपमहासचिब समेत हुन ।

त्यसैगरी नेकपा एमाले तर्फका उम्मेदवार राजेन्द्र वीर रायले ७ हजार ६ सय ७३ मत प्राप्त गरेका छन ।

हाल सम्म कालीमाटि, कपुरकोट, दार्मा, कुमाख  गाउँपालिकाको मतगणना सकिएको छ । अन्य स्थानीय तहको मतगणना कार्य जारि छ ।

जम्मा ८४ हजार २२ मत खसेको सल्यानमा  ५४ हजार ४ सय ८५ मतगणना गर्दा प्रतिनिधि सभा तर्फ ४९ हजार २ सय ६४ सदर मत र ५ हजार २ सय २१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले बताएको छ ।