June 24, 2024, Monday
२०८१ असार ११, सोमबार
चुनावी भेटघाट कार्यक्रमलाई तिब्रता दिदै नेकपा एमाले सल्यान

चुनावी भेटघाट कार्यक्रमलाई तिब्रता दिदै नेकपा एमाले सल्यान

कार्तिक २५, सल्यान ।

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै नेकपा एमाले सल्यानले चुनावी भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ ।

सिधै मतदाता सँग उम्मेदवार पुग्ने हुँदा प्रचार अभियान थप प्रभावकारी बनाउने उदेश्यले एमाले सल्यानले चुनावी भेटघाट कार्यक्रमलाई तिब्रता दिएको हो ।

सोही अभियान अन्तर्गत शुक्रबार जिल्लाको कालिमाटी गाउँपालिका ३ मा चुनावी भेटघाट कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधी सभाका उम्मेदवार राजेन्द्र बिर राय, प्रदेश सभा (ख) का उम्मेदवार गुलाब जंग शाह र समानुपातिक उम्मेदवार राधा सुनार लगाएत जिल्ला कमिटीका नेता तथा कालिमाटी गाउँपालिका कमिटीका अध्यक्ष केशर बुढा र अन्य पदाधिकारी, जन वर्गीय संगठनका नेता लगाएतको उपस्थितिमा उक्त वडा चुनावी भेटघाट तथा कार्यक्रम सम्पन्न भएको हो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज