October 9, 2024, Wednesday
२०८१ आश्विन २३, बुधबार
लुम्बिनी प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र पुन माओवादीमै फर्किए

लुम्बिनी प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र पुन माओवादीमै फर्किए

पुस २०, काठमाडौं । रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दीपेन्द्र साढे ५ हजार भन्दा बढी मत अन्तरले विजयी पनि बने । दीपेन्द्रले १४ हजार ९२७ र अमरसिंहले १० हजार ४०६ मत पाएका थिए ।

अहिले दीपेन्द्रले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आत्मालोचना पत्र लेख्दै पार्टीमै फर्किन चाहेको बताएका छन् । उनलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत गरिसकेका छन् ।
दीपेन्द्र माओवादी केन्द्रको पोलिटव्युरो सदस्य एवम् रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीले पार्टीका सबै जिम्मेवारीबाट निस्कासन गरेको थियो । उनले आत्मालोचना पत्रमा पुनः पार्टीमा फर्केर जिम्मेवारी पूरा गर्न चाहेको उल्लेख गरेका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज