July 15, 2024, Monday
२०८१ असार ३२, सोमबार
श्रीनगर बसपार्क एरियामा रहेका घर टहरा हटाउन ३ दिन बाकी रहदा नगरको अर्को सूचना

श्रीनगर बसपार्क एरियामा रहेका घर टहरा हटाउन ३ दिन बाकी रहदा नगरको अर्को सूचना

पौष २८, सल्यान । आधुनिक बसपार्क निर्माणका लागि श्रीनगर बजार नजिक रहेका सरकारी पर्ती एलानी जग्गामा बनेका अस्थायी संरचना हटाउन नगरपालिकाले जारी गरेको सुचनाको म्याद सकिन अब ३ दिन मात्र बाकी रहदा शारदा नगरपालिकाले अर्को सुचना जारी गरेको छ ।

नगरपालिकाले मंसिर २६ गते निकालेको ३५ दिने सूचना अनुसार बन्न लागेको आधुनिक बसपार्ककोलागि सरकारी पर्ती ऎलानी जग्गामा बनेका घर टहरा तथा संरचनाहरु आफै स्वयमले माघ १ गते सम्म हटाउन अर्को सूचना जारी गरेको हो ।

घर, टहराहरु तथा निर्माण भएका संरचनाहरु १ गते सम्म नहटाए २ गते देखि कार्वाही प्रक्रिया अघि बढाइने नगरपालिकाले बताएको छ ।

बसपार्क एरिया भित्र सरकारी पर्ती ऎलानी जग्गामा जम्मा ७५ घरदुरि रहेका छ्न ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज