September 27, 2026, Sunday
२०८३ आश्विन ११, आईतवार
पञ्चवर्षीय आवधिक योजना निर्माण गर्दै सल्यानको कपुरकोट गाउँपालिका

पञ्चवर्षीय आवधिक योजना निर्माण गर्दै सल्यानको कपुरकोट गाउँपालिका

पुस १३, सल्यान ।

सल्यानको कपुरकोट गाउँपालिकाले तत्कालीन तथा पञ्चवर्षीय आवधिक योजना निर्माण गर्ने भएको छ ।

गाउँपालिकाले सल्यानको आन्तरिक प्राकृतिक श्रोत साधन, मानब साधन, स्थानीय पुँजीको पहिचान गर्न आवधिक योजना निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बताए ।

आवधिक योजना निर्माण गर्दा गाउँपालिकामा बसोबास गर्ने अति विपन्न , दलित, एकल महिला, जेष्ठ नागरिक, बालबालिका, पिछडिएका बर्ग लगायतका नागरिकको सामाजिक, आर्थिक, शैक्षिक अवस्था सुधारका लागि जोड दिइने छ ।

आवधिक योजना निर्माणमा कपुरकोट गाउँपालिकाले तत्कालीन तथा पाँच वर्ष भित्र गर्न सकिने भौतिक पूर्वाधार, सामाजिक विकास, शैक्षिक सुधार, आर्थिक विकास, कृषि, पशु विकास, वन ब्यबस्थापन लगायतका विषयलाई प्राथामिकता दिइने वलीको भनाई छ ।

आवधिक योजना निर्माण गर्दा राष्ट्रिय प्राथामिकता, अन्तराष्ट्रिय सरोकार, प्रादेशिक आवश्यकतालाई आधार मान्दै संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहको फरक फरक शीर्षकमा आउने बजेट लाई कसरी जनतामुखी परिचालन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिइने आवधिक योजना निर्माण विज्ञ दुर्गा प्रसाद पोख्रेलले जानकारी दिए ।

योजना निर्माण पश्चात गाउँपालिकाको सम्रग विकास र बजेट परिचालनका लागि महत्वपूर्ण सहयोग पुग्ने कपुरकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल कठायतको भनाई छ ।