March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
सल्यानमा बस दुर्घटना : ११ जना घाइते

सल्यानमा बस दुर्घटना : ११ जना घाइते

पौष ०५, सल्यान ।

सल्यानमा बस दुर्घटना हुदा ११ जना घाइते भएका छन ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट दाङ तुलसीपुर जाँदै गरेकाे शारदा यातायात प्रा.लिको ना. ८ ख २५३ नम्बरकाे मिनि बस मंगलबार बिहान ११ बजे तिर सिद्धकुमाख गाउँपालिका १ पटारेमा दुर्घटना भएको हो ।

गाडी सडकबाट झण्डै ५० मिटर तल खसेकाे थियो । दुर्घटनामा परेर  ११ जना घाइते भएका छ्न । घाइते  हुनेहरुमा छ्त्रेश्वरी गाउँपालिका १ दमाचौरका ३८ बर्षिय भद्रविर खत्री, त्रिबेणि गाउँपालिका ६ लुहामकि ४० बर्षीय टीका नेपाली, सिद्धकुमाख ३ ढोरचौरकी २३ बर्षिय तुलसा देबकोटा, त्रिबेणि गाउँपालिका ६ लुहामकै ५१ बर्षिय मायादेवी नेपाली, शारदा नगरपालिका ६ का ३० बर्षिय खुमलाल केसी रहेका छन ।

त्यसैगरी छत्रेश्वरी गाउँपालिका २ दहखोलाका ३७ बर्षीय चिरञ्जीवी खड्का, छ्त्रेश्वरी १ काल्चेकि ६३ बर्षिय चम्फादेबी शर्मा, सोही ठाउँका ३५ बर्षिय नारायण प्रसाद हमाल, शारदा नगरपालिका १५ स्यानिखालका १९ बर्षीय प्रवेश बोहरा, सिद्धकुमाख गाउँपालिका १ बाझकाडाका ३९ बर्षिय, राजेन्द्र कुमार चलाउने र छ्त्रेस्वरी गाउँपालिका २ का २४ बर्षिय भुपेन्द्र चन्द रहेका छ्न ।

घाइतेहरुको कान्तिपुर सामुदायिक हस्पिटल श्रीनगरमा उपचार भइ रहेको र २ जनालाई नेपालगन्ज रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

बसमा चालक, सहचालक र गाडि साहु गरी जम्मा ३९ जना यात्रु सवार थिए ।  गाडि चालक छत्रेश्वरी गाउँपालिका १ का ३० वर्षीय तारा प्रकाश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज