May 27, 2024, Monday
२०८१ जेष्ठ १५, मंगलवार
राप्रपाले टुंग्यायो समानुपातिक तर्फको सांसद : सल्यानकी नेपाली सहित ७ जना परे

राप्रपाले टुंग्यायो समानुपातिक तर्फको सांसद : सल्यानकी नेपाली सहित ७ जना परे

मंसिर २४, सल्यान । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो ।

जसमा दलितबाट सल्यानकि अनिशा नेपाली, खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् ।

आदिबास जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा र मधेशीबाट बिना जयसवाल चयन भएका राप्रपा स्रोतले जनाएको छ ।

प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राप्रपाले समानुपातिक पद्धतिबाट २ जना पुरुषमात्र चयन गर्न पाउँथ्यो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज