राप्ती नदीमा डुबेर २ जनाको मृत्यु
मंसिर १८, दाङ ।
राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर निवासी १३ वर्षीय अर्चना थारु र २२ वर्षीया कञ्चन थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए ।
उनीहरु दुबै जना शनिबार दिउँसो १२ बजे नुहाउने क्रममा डुेबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएका उनीहरुको शब आइतबार बिहान ९ बजेपछि फेला परेको प्रहरीले बताएको छ ।
दुवै शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगंज लगीएको प्रहरीले जानकारी दिएको छ ।
#राप्ती नदि #डुबेर मृत्यु #नेपालगन्ज #दाङ
लेखकको सम्वन्धमा