May 26, 2026, Tuesday
२०८३ जेष्ठ १२, मंगलवार
ऐडि हत्या प्रकरण : घटनामा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

ऐडि हत्या प्रकरण : घटनामा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

मंसिर १३, सल्यान ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सल्यानले अनेरास्ववियु नेता चेतन ऐडिको हत्यारालाइ तत्काल कारबाही गर्न जिल्ला प्रशासन कार्यालय सल्यान मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका दिन बाजुराको त्रिबेणि नगरपालिका वडा न.७ को मतदान स्थलमा विपक्षसंग भएको विवादलाई लिएर विद्यार्थी नेता ऐडिको आफ्नै कोठामा सुतिरहेको अवस्थामा हत्या भएको थियो ।

अनेरास्ववियु  केन्द्रिय कमिटीका सचिवालय  सदस्य एवम् अनेरास्ववियु सुदुरपश्चिम बिश्वबिधालय राष्ट्रिय कमिटीका अध्यक्ष समेत रहेका ऐडिको हत्यामा संलग्नलाइ पक्राउ गरि कडा कारबाही लगाएतका आफ्ना ४ बुदे माग सहित अनेरास्ववियु सल्यानले ध्यानाकर्षण पत्र पेश गरेका हो ।

ध्यानाकर्षण पत्रमा मृतकका परिवारबाट किटानी जाहेरी दिएकाहरुलाइ तत्काल पक्राउ गरि कारबाही गर्नुपर्ने , परिवारका सदस्यलाई उचित क्षतिपुर्ति र भरणपोषण सहित मृतकका छोराको हालदेखी उच्च शिक्षा सम्मको पढाई जिम्मा नेपाल सरकारले लिनुपर्ने, न्यायका निम्ति शान्तिपूर्ण दबाबका कार्यक्रम गर्दा पक्राउ गरि झुठा मुद्दा लगाएका अनेरास्ववियुका कार्यकर्ताहरुको मुदा खारेज गरि बिना सर्त रिहा गर्नुपर्ने, मृतक ऐडिलाई सहिद घोषणा गर्नुपर्ने र उनको स्मृतिमा पार्क निर्माण गर्नुपर्ने लगाएतका माग छ्न ।

यस्तो छ ध्यानाकर्षण पत्र