May 27, 2024, Monday
२०८१ जेष्ठ १५, मंगलवार
अनेरास्ववियु सल्यानको मुखपत्र ‘अखिल सन्देश’ बिमोचन

अनेरास्ववियु सल्यानको मुखपत्र ‘अखिल सन्देश’ बिमोचन

पौष २२, सल्यान । अनेरास्ववियु सल्यानको मुखपत्र ‘अखिल सन्देश’ अंक २ बिमोचन भएको छ ।

शुक्रबार सल्यान बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रमका बिच पुस्तक बिमोचन गरिएको हो ।

अनेरास्ववियु सल्यानका अध्यक्ष राजेश वलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज गुलाबजंग शाहको प्रमुख आतिथ्यता र अनेरास्ववियु स्थायी कमिटी सदस्य घनश्याम पुनको विशिष्ट आतिथ्यता रहेको थियो ।


कार्यक्रममा अनेरास्ववियु (अखिल ) सल्यानका संस्थापक अध्यक्ष तथा एमाले कर्णाली प्रदेश सचिवालय सदस्य कुल बहादुर गिरी, जिल्ला पार्टी उप- सचिव पुष्पा कुमारी बाेहरा, जिल्ला कमिटी सदस्य तथा जिफन्ट जिल्ला अध्यक्ष ताेपानन्द केसी, नेकपा एमाले जिकस ,निवर्तमानमा अखिल अध्यक्ष राम बहादुर खत्री , नेकपा एमाले बकुनपा उप- सचिव प्रकाश बस्नेत लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमको सहजीकरण अखिल सल्यानका उप- सचिव कृष्ण विसिले गरेका थिए ।

बिमोचन गरिएको पुस्तकमा विद्यार्थी आन्दोलनका बिबिध बिषय बारे दर्जन बढी श्रष्टाहरूका लेख रचनाहरू प्रकाशित छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज