April 29, 2025, Tuesday
२०८२ बैशाख १६, मंगलवार
अनेरास्ववियु केन्द्रिय सदस्यमा सल्यानकि एलिसा डिसी निर्वाचित

अनेरास्ववियु केन्द्रिय सदस्यमा सल्यानकि एलिसा डिसी निर्वाचित

फागुन ०५, सल्यान । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को कर्णाली प्रदेश भुगाेल महिला तर्फ केन्द्रीय सदस्यमा सल्यानकि एलिसा  डिसी  विजयी भएकी छिन ।

निर्वाचनमा अध्यक्षमा भने समिक बडाल निर्वाचित भएका छन्।

अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि २३ औं राष्ट्रिय महाधिवेशनबाट बिहीबार मतदान गरिए अनुसार आएको मतपरिणाम अनुसार बडाल बिजयी भएका हुन। बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्।

यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्।

मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताएका छन ।

अनेरास्ववियुको १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका थिए ।

७ वर्षपछि भएको निर्वाचनमानिर्वाचनमा १५१७ मत खसेको थियो । अखिलको नयाँ नेतृत्वमा १७ पदाधिकारीसहित केन्द्रीय कमिटीका १९९ सदस्यीय निर्वाचित भएका छन् ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिन मार्फत मतदान भएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज