इन्टरनेटको पैसा तिर्ने कुरामा विवाद हुँदा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, २ छोरी घाइते
बारा| इन्टरनेटको पैसा तिर्ने कुरामा विवाद हुँदा बाराको निजगढमा श्रीमानले आफ्नै श्रीमतीलाई खुर्पा प्रहार गरी हत्या गरेका छन् । निजगढ नगरपालिका ९ भमराका ४५ वर्षीय बिमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।
घटनामा उनको १८ वर्षीया छोरी गंगा गम्भीर घाइते भएकी छिन् भने अर्की १५ वर्षीया छोरी जमुना सामान्य घाइते छिन् । गम्भीर घाइते गंगालाई वीरगन्जबाट थप उपचारका लागि काठमाडौं लगिएको छ । गंगाको हातमा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्राव भएका कारण थप उपचारका लागि काठमाडौं पठाइएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
लेखकको सम्वन्धमा