April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
मतदान गर्न भारतबाट फर्कदै गरेका ब्यक्ति मृत फेला

मतदान गर्न भारतबाट फर्कदै गरेका ब्यक्ति मृत फेला

मंसिर ३, धनगढी  ।

डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको जोरायल गाउँपालिका ३ अन्दाजी ६० वर्षीय हिरालाल ओली शनिबार बिहान मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोला भट्टका अनुसार उनी जोरायल गाउँपालिका ३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएका हुन् । भारतको सिमलामा काम गर्दै आएका उनी संसदीय निर्वाचनमा मतदान गर्न घर फर्किरहेका थिए ।

उनको साथमा झोलासहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोतल पनि  भेटिएको छ । अत्यधिक मदिरा सेवनका कारण राति नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज