May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
मतदान स्थलमा खटिएकी कर्मचारीको मृत्यु

मतदान स्थलमा खटिएकी कर्मचारीको मृत्यु

मंसिर २, धनकुटा ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएकी एक कर्मचारीको निधन भएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुुसेटारको सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकि शिक्षिका पवित्रा याखा लिम्बुको निधन भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

उच्च रक्तचाप पिडित रहेकी शिक्षिका मतदान केन्द्रमा सर्वदलिय बैठक चलिरहेका बेला अचानक बिरामी परेपछि उपचारका लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज