March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
सल्यानमा निर्वाचन खारेज अभियानका कार्यक्रम सम्पन्न : सहभागिले भने ‘म भाेट हाल्दिन, ‘ तपाई पनि नहाल्नुहाेला ‘

सल्यानमा निर्वाचन खारेज अभियानका कार्यक्रम सम्पन्न : सहभागिले भने ‘म भाेट हाल्दिन, ‘ तपाई पनि नहाल्नुहाेला ‘

कार्तिक २८, सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी सल्यानकाे मंसिर ४ काे संसदीय निर्वाचन खारेज तथा जनजागरण अभियान’ अन्तर्गत जिल्लाकाे त्रिवेणी गाउँपालिकाकाे रिखेबजारमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नागरिक अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमरेड सविन् पाेखरेलले दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे निर्वाचनले देश र जनतालाई लुट्ने मात्र काम गर्ने हुनाले यस्तो निर्वाचनमा आम जनताको कुनै चासो हुन नहुने धारणा व्यक्त गरे ।

निर्वाचनमा भाेट हाल्दा हाल्दा नेपाली जनताको हातमा ठेला परिसकेको तर अवस्था ज्युँका त्युँ रहेकोले आफ्नो पार्टीले याे कथित निर्वाचन खारेज गर्ने कार्यक्रम गरेको उनलेे बताए । यसपटक जसरि पनि जनताले निर्वाचन खारेज गर्नुपर्ने भन्दै उनले भने, ‘याे निर्वाचनमा जनताले भाेट नगरेर खाली मतपेटिका सरकारलाई नै फिर्ता पठाइदिन हाम्रो पार्टी अपिल गर्दछ।’

नेपालमा विद्यार्थीहरुले महिनाैंसम्म पढ्ने किताब नछापिने र नपाउने अवस्थामा हेलिकप्टरबाट निर्वाचन सामग्री पुर्याउने व्यवस्थालाई जनताले किन मान्नुपर्ने ? भनेर सविन् पाेखरेलले प्रश्न गरे।

यै वेलामा दलाल नेताहरु भाेट माग्न गाउँ गाउँमा छिरेकाे अवस्था छ भने नेपाली युवाहरु देशमा राेजगार नपाएर विदेश जान भनी राहदानीकाे लागि जिल्ला प्रशासनदेखि राहदानी विभागसम्म लाइनमा रहेकाे दु:खद अवस्था उनलेे औंल्याए। उनले अगाडि भने, ‘ यस्तो अवस्थामा काे जान्छ भाेट हाल्न?’
साे नागरिक अन्तरक्रिया कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड भीम भारतीले दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे सरकारले किस्ता किस्तामा राष्ट्रघात र जनघात गरिरहेकाे हुनाले जनताद्वारा कथित निर्वाचन खारेज हुनुपर्ने बताए ।

देश बेचुवा एमसीसीका मतियारहरुलाई भाेट हाल्दा राष्ट्रघातीहरुकाे मनाेवल बढ्नसक्ने हुनाले जनताद्वारा कुनैपनि हालतमा याे निर्वाचन खारेज गरिनुपर्ने उनलेे बताए । उनलेे भने, ‘एमसीसी पास गर्ने राष्ट्रघातीहरुलाई कसैले भाेट नहालाैं।’

नागरिक अन्तरक्रिया कार्यक्रममा अन्तरक्रिया गर्दै कार्यक्रममा सहभागी स्थानीय ७९ वर्षिय जेष्ठ नागरिक रेशम बाेहराले भने, ‘याे लुटेराहरुकाे निर्वाचनमा मँ भाेट हाल्दिन,तपाईहरु पनि नहाल्नुहाेला। यस्तो निर्वाचनले देशकाे भलाे गर्दैन ।’

नागरिक अन्तरक्रिया कार्यक्रममा भाग लिदै स्थानीय युवा तथा विद्यार्थी प्रेमसागर पुनले भने, ‘देशमा अहिले चलिरहेको राजनीतिक व्यवस्थाले वेराेजगार मात्रै उत्पादन गर्छ। याे व्यवस्थामा शिक्षामा गरिबहरुकाे पहुच छैन । याे व्यवस्थाले युवा र विद्यार्थीकाे जिवन बर्वाद पार्छ, त्यसकारण याे व्यवस्थाकाे निर्वाचन खारेज गर्नुपर्छ। मँ याे निर्वाचन भाेट नहालेर खारेज गर्छु, तपाईहरु पनि खारेज गर्नुहाेला ।’

साे नागरिक अन्तरक्रिया कार्यक्रममा भाग लिदै अर्का स्थानीय युवा गाेबिन्द खडकाले भने, ‘याे व्यवस्थाले युवाहरु बेचेर खाने र देशमा कुनै अवसर नदिने भएकोले याे व्यवस्थाकाे निर्वाचन खारेज गरिने छ।’

कार्यक्रममा भाग लिदै स्थानीय तेज बहादुर केसिले भने, ‘गरिबहरु मरिरहने र धनीहरुले ऐश आराम गरेर लुट मच्चाउने याे व्यवस्थाकाे निर्वाचनमा काेहि पनि गरिब जनताले भाेट हाल्नु हुदैन् ।’

साे नागरिक अन्तरक्रिया कार्यक्रम पार्टीका जिल्ला सचिवालय सदस्य तथा त्रिवेणी गाउँपालिकाका इन्चार्ज प्रेम बुढामगरकाे अध्यक्षतामा भएको थियो भने कार्यक्रमलाई युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष प्रकाश गिरिले संचालन गरेका थिए। नागरिक अन्तरक्रिया कार्यक्रममा उपस्थितहरुलाई पार्टीका जिल्ला सदस्य कमरेड कल बहादुरले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज