March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
मतदानका दिन क-कसले पाउँछन् सवारी चलाउन ?

मतदानका दिन क-कसले पाउँछन् सवारी चलाउन ?

कात्तिक २७, काठमाडौं ।

आगामी मंसिर ४ गते अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ ।

निर्वाचन आयोगले बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन सञ्चालन गर्न दिइनेछ ।

सञ्चारकर्मीहरुलाई सूचना विभाग वा सञ्चारगृहबाट जारी परिचय पत्रका आधारमा सवारी साधन चलाउन दिने आयोगले जनाएको छ । अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सवारी साधनलाई पनि नरोकिने आयोगको भनाइ छ ।

तर यस्ता सवारीमा मतदाता ओसारपसार गर्न पाइनेछैन ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज