January 13, 2025, Monday
२०८१ पुष २९, सोमबार
सल्यानमा मतदान नसकिदा सम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निषेध

सल्यानमा मतदान नसकिदा सम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निषेध

कार्तिक २०, सल्यान । सल्यानमा म‌सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे मतदान नसकिदा सम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निषेध  गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानले २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण तवरले सम्पन्न गर्ने उदेश्यले आइतबार राती १२ बजे देखि लागु हुने गरि मतदान कार्य समाप्त नभए सम्म जिल्लाभर मादक पदार्थ सेवन तथा बिक्रीवितरणमा रोक लगाएको हाे ।

आइतबार एक सुचना जारी गर्दै कार्यालयले यस्तो अनुरोध गरेको हो । सुचना बिपरित कार्य गरेको पाइएमा प्रचलित कानुन अनुसार कार्वाही गरिने बताइएकाे छ ।

यस्तो छ सूचना

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज