July 16, 2026, Thursday
२०८३ असार ३२, बिहीबार
स्थानीय तह चुनावको लागि सल्यानका १० स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए (नामावली सहित)

स्थानीय तह चुनावको लागि सल्यानका १० स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए (नामावली सहित)

१३ चैत, सल्यान।

 आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।

सल्यानका १० स्थानीय तहमा पनि आयोगले १० जना अधिकृत तोकेको छ, जसमा शारदा नगरपालिकामा सल्यान जिल्ला अदालतका जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डे मुख्य निर्वाचन अधिकृतको रहनेगरि अन्य ९ पालिकामा अधिकृत तोकेको हो ।

कपुरकोट गाउँपालिकामा सल्यान जिल्ला अदालतका स्रेस्तेदार हेमन्त ज्ञवलि , कालिमाटी गाउँपालिकामा केन्द्रिय तथ्यांक बिभाग काठमाडौका निर्देशक मनोहर घिमिरे , कुमाख गाउँपालिकामा गृह मन्त्रालय काठमाडौकि उपसचिव मातृका आचार्य , छत्रेश्वरी गाउँपालिकामा सल्यान जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता जय प्रसाद धिताल , शिद्द कुमाख गाउँपालिकामा सर्बोच्च अदालतका इजलास अधिकृत शंकरप्रसाद अधिकारी , त्रिबेणि गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय काठमाडौका प्रमुख प्रशासकीय अधिकृत मनोज रेग्मी , दार्मा गाउँपालिकामा लोकसेवा आयोग दर्खास्त व्यवस्थापन केन्द्र काठमाडौका रा. प पवन कुमार तिमिल्सिना रहेका छन ।

यस्तै बनगाड कुपिण्डे नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकि ( अतिरिक्त समूह ) उपसचिव लक्ष्मीदेवी शर्मा
र बागचौर नगरपालिकामा सल्यान जिल्ला समन्वय समितिका उप सचीव राजेन्द्र प्रसाद पोखरेल रहेका छन ।