सल्यानमा ५ वर्षको अवधिमा ३२,४५९ मतदाता बढे कुन स्थानीय तहमा कति?
१३ चैत, सल्यान ।
आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन।
निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको छ, जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन ।
त्यस्तै सल्यानमा १,५७,७१५ जना मतदाता रहेका छन।
जस मध्ये जम्मा ११४ मतदान स्थल र २०१ मतदान केन्द्र रहेका छन।
जसमध्ये शारदा नगरपालिकामा २३,९५८ बागचौर नगरपालिकामा २२,२६४ बनगाड कुपिण्डे नगरपालिकामा २०,९९६ दार्मा गाउँपालिकामा १२,४३७ त्रिबेणि गाउँपालिकामा ११,४१६ सिद्धकुमाख गाउँपालिकामा ८,६३७ मतदाता रहेका छन।
त्यस्तै कुमाख गाउँपालिकामा १४,९२० कालिमाटी गाउँपालिकामा १५,०८६ र कपुरकोट गाउँपालिकामा १२,००३ मतदाताहरु रहेका छ्न।
२०७४ को स्थानीय तहको निर्वाचनमा १,२५,२५६ मतदाता थिए, ५ वर्षको अन्तरालमा सल्यानमा ३२,४५९ जना मतदाता थपिएका हुन।
प्रतिकृया दिनुहोस्