July 12, 2026, Sunday
२०८३ असार २९, सोमबार
नेपाली काङ्ग्रेस सल्यानले गर्यो ३ वटै नगरपालिकामा उम्मेदवारको सिफारिस

नेपाली काङ्ग्रेस सल्यानले गर्यो ३ वटै नगरपालिकामा उम्मेदवारको सिफारिस


९ बैशाख,सल्यान।

नेपाली कांग्रेस सल्यानले ३ वटै नगरपालिकाको उम्मेद्बारको अन्तिम टुंगो लगाइ सिफारिस गरेको छ।

कांग्रेस सल्यानको संसदिय बोर्डले पार्टिको प्रदेश कार्यालयमा ३ नगरपालिकाको प्रमुख र उपप्रमुख नाम सिफारिस गरेको हो।

जिल्लाको शारदा नगरपालिकाको लागि मेयरमा प्रकाश भन्डारी, साबित्रा बस्नेत र सचेत शाह, उपप्रमुखमा ज्ञानु अधिकारी, सुस्मिता सापकोटा र चन्द्रीका हमालको नाम सिफारिस भएको नेपाली कांग्रेस सल्यानका सचीव एकराज बुढाथोकीले बताए।

शारदा नगरपालिकाका बहालवाला प्रमुख तथा प्रदेश सभा निर्वाचन (ख) का सभापती सुरेश अधिकारीको नाम भने सिफारिस नभएको कांग्रेस सल्यानले जनाएको छ।

त्यसैगरी बागचौर नगरपालिकामा जनकराज गौतम, प्रमिला चन्द र डिलबहादुर ओलिको नाम प्रमुखमा सिफारिस भएको छ। उपप्रमुखमा भौम न्यौपाने गौतम , दिपा केसि बस्नेत र शुसिला केसिको नाम सिफारिस भएको हो।

यस्तै बनगाड कुपिन्डे नगरपालिकाको प्रमुखमा दिपेन्द्र बिष्ट र सुन्दरा शाहीको नाम शिफारिस भएको छ। उपप्रमुखमा पुरुशोत्तम आचार्य, उषा राणा र रिता ओलिको नाम शिफारिस भएको नेपाली कांग्रेस सल्यानका सभापती केशबहादुर बिष्टले बताए।

सिफारिस गरिएका नामहरु मध्यबाट प्रदेश समितिले उम्मेद्बारको अन्तिम नामावली टुंगाउने उपसभापति चक्र देबकोटाले बताए।