July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार
दाङको एक किराना पसलमा आगलागी : लाखौंको क्षेती

दाङको एक किराना पसलमा आगलागी : लाखौंको क्षेती

मंसिर २, तुलसीपुर ।

दाङको एक किराना पसलमा आगलागी भएको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका – ५ बसपार्कमा रहेको विशाल किराना पसलमा गएराति (बिहिवार) आगलागी हुदा लाखौको क्षेती भएको हो ।

आगलागी हुँदा पसलमा खाद्यान्न, बिस्कुट, चाउचाउ लगायतका लाखौको मूल्यको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आगलागीको खबर आए लगत्तै उपमहानगरपालिकाको दमकल, स्थानीयबासी, शसस्त्र प्रहरी, जनपथ प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण र  क्षेतीको विस्तृत  विवरण भने आइसकेको छैन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज