July 15, 2024, Monday
२०८१ असार ३२, सोमबार
सल्यानमा डुङ्गाले लागेर एक पुरुषको मृत्यु

सल्यानमा डुङ्गाले लागेर एक पुरुषको मृत्यु

असोज २२, सल्यान ।

सल्यानमा ढुङ्गाले लागेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको त्रिबेणी गा.पा.२ गैह्रगिठीका ४४ बर्षीय चन्द्र बहादुर पुनको घटना स्थलमा ढुङ्गाले लाएर मृत्यु भएको हो ।

मृतक पुन लगायत ६ जनाको टोली खानेपानीको मुहान सफा गर्न स्थानीय छ्हरेखोलामा गएका थिए ।

ट्याङकी सफा गर्ने क्रममा माथिबाट ढुङगा खसि मृतक पुनको टाउकोमा चोट लागेको थियो । उनी सङै गएका अन्य ५ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घटनाको बारेमा जानकारी पाउन साथ उक्त स्थानमा प्रहरी चौकी काभ्रा बाट प्र.स.नि.पुर्ण बहादुर थापाको कमाण्डमा ३ जनाको टोली र थप अनुसन्धानका लागी ई.प्र.का.लुहाम सल्यानबाट प्र.नि.प्रेम बहादुर बोहराको कमाण्डमा Soco सहित ५ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज