April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
सल्यानमा पहिरोले पुरिएर एक बालकको मृत्यु

सल्यानमा पहिरोले पुरिएर एक बालकको मृत्यु

असोज २२, सल्यान ।

सल्यानमा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ मार्के ओर गाउँ निवासी १२ वर्षिय अजय बिकको पहिरोमा परी ज्यान गएको हो ।

उनी शुक्रबार साझ ७ बजेको समयमा  नजिकै रहेको नाउला बजार तर्फ जाने बाटोमा हिड्ने क्रममा सडक माथिबाट आएको पहिरोले पुरिन गइ बेपत्ता भएका थिए ।

उनको खोजी कार्यकोलागि शनिबार बिहान ७ः४५ बजेको समयमा नेपाली सेनाको टोलि खटिएको थियो । टोलिले उनको लाश घटनास्थलबाट १०० मिटर तल फेला पारेको थियो ।

शवलाई पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

  • तस्वीर : योगराज बिश्वकर्मा 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज