May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
निरन्तरको बर्षाले सल्यानका अधिकांस सडक अवरुद्ध : दर्जन बढी भौतिक संरचनामा क्षेती

निरन्तरको बर्षाले सल्यानका अधिकांस सडक अवरुद्ध : दर्जन बढी भौतिक संरचनामा क्षेती

असोज २०, सल्यान ।

केहि  दिन देखि लगातार परेको बर्षाले सल्यानका अधिकांस सडक खण्ड अवरुद्ध भएका छ्न भने दर्जन बढी घर गोठहरुमा क्षेती भएको छ ।

जिल्लाको चोरपानी, सिमखोली, कपुरकोट, बनगाड लगायतका स्थानहरुमा पहिरोका कारण सडक अबरुद्द हुन गरेका छ्न ।

निरन्तर बर्षा भइ रहेका कारण जुनसुकै बेला पनि पहिरोको जोखिम भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न हुन जिल्ला प्रहरी कार्यालय सल्यानले आग्रह समेत गरेको छ ।

यद्यपि सडक खण्ड भने बन्द र सन्चालनमा आउने क्रम रहेको र लामो समय सडक अवरुद्द नभएकोपनि प्रहरीले बताएको छ ।

बर्षाको कारण अहिले सम्म सल्यानमा भएको क्षेती अन्तर्गत जिल्लाको बागचौर न.पा.९ चाराघसरेनी बस्ने जंगबिर खड्काको २ तले र ४ कोठे ढुङगामाटोले बनेको टिनले छाएको कच्ची घर पहिरोले क्षेती पुर्याएको छ ।

त्यस्तै दार्मा गा.पा.५ ढाकाडाम बस्ने जय बहादुर के.सी.को ढुङगामाटोले बनेको २ तले २ कोठे कच्ची गोठ, शारदा न.पा.२ डाँडागाउका प्रमोद श्रेष्ठको ३ तले ६ कोठे ढुङगामाटोले बनेको टिनले छाएको कच्ची घर, दार्मा गा.पा. १ पैयाडाडाका लाल बहादुर वलीको ढुङगामाटोले बनेको १ तले २ कोठे कच्ची गोठमा पनि क्षेती पुर्याएको हो ।

यसैगरी छत्रेश्वरी गा.पा.१ जिउला बस्ने राजकुमार शर्माको २ तले ४ कोठे टिनले छाएको घरमा अ.४०।४५ मिटर माथिबाट पहिरो आई घरको उत्तर तर्फको गारो चर्किएको घरको उत्तर तिरको भागमा रहेको पालिमा राखेको बा.प्र.०२-०३-प ६२५२ नं.को सेतो कलरको २०० CC को पल्सर मो.सा. पुरिएको बताएको छ ।

उता कालिमाटी गा.पा.१ चोप्रे बस्ने कृष्ण बहादुर खत्रीको ढुङगामाटोले बनेको १तले २ कोठे कच्ची घर, ऐ बस्ने उजेली डागीको १ तले २ कोठे कच्ची घर, बागचौर न.पा.९ चिसापानी बस्ने नोखिराम वलीको २ तले ६ कोठे ढुङगामाटोले बनेको टिनले छाएको कच्ची घरमा सामान्य, मध्यम देखि पुर्णरुपमा क्षेती भएको छ ।

पहिरो र बर्षाका कारण हालसम्म कुनै मानविय र चौपायमा कुनै किसिमको क्षेती नभएको प्रहरीले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज