February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
दाङ सल्यान सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने

दाङ सल्यान सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने

२२ चैत सल्यान।
राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड भोलि (बुधबार) देखि दैनिक ९ घण्टा बन्द हुने भएको छ।

दाङ तुलसीपुरकाे चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक स्तरोन्नति गर्नुपर्ने भएकाले याे सडक खण्ड दैनीक ९ घण्टा ६ दिन सम्म बन्द हुन लागेको हो।

भाेलि अर्थात चैत २३ देखि चैत २९ गते सम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो ।


खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा काम हुनेछ । दोस्रो सिफ्टमा बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म र तेस्रो सिफ्टमा साँझ साढे ५:३० बजेदेखि ८ बजेसम्म मर्मतको काम हुनेछ ।

यही समयावधिमा गाडी आवागमन रोकिने खड्काले जानकारी दिनुभयो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज