May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

असार ०९, रोल्पा । रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो ।

रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गएराति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर , १८ बर्षीया बुहारी सुशीला बुढा मगर र १५ बर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो ।

घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी सहितको टोली जाँदै गरेको प्रवक्ता रानाले बताए । ६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएको प्रहरी निरीक्षक रानाले बताए ।

फाइल फोटो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज