अविरल बर्षाको कारण दाङ – सल्यान सडक खण्ड अबरुद्ध
साउन ०२, सल्यान। निरन्तर रुपमा परेको अविरल बर्षाको कारण राप्ती राजमार्ग अन्तर्गत दाङ – सल्यान सडक खण्ड अवरुद्ध भएको छ।
सोमबार करिब ६ बजे तिर सडक खण्डको कपुरकोट गाउँपालिका ३ चोरखोलामा माटो र ढुङ्गा सहितको पहिरो आएको कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सडक अवरोध हटाउन अहिले प्रहरी नायब निरीक्षक नन्दलाल भारतीको कमान्डमा ४ जनाको प्रहरी टोलि खटाइ आवश्यक पहल गरिरहेको प्रहरी प्रमुख सुमित खड्काले बताए।
सडक अवरुद्ध हुदा दुबै तर्फ आवतजावत गर्ने सवारी साधन पुर्ण रुपमा बन्द छ्न।
प्रतिकृया दिनुहोस्