May 19, 2024, Sunday
२०८१ जेष्ठ ७, सोमबार
कपुरकोटको पहिरोमा आधा पुरिएका एम्बुलेन्स, टिप्पर र ट्रकको प्रहरी द्वारा उद्धार ( फोटो फिचर )

कपुरकोटको पहिरोमा आधा पुरिएका एम्बुलेन्स, टिप्पर र ट्रकको प्रहरी द्वारा उद्धार ( फोटो फिचर )

असार ०३, सल्यान । अविरल वर्षाले राप्ती राजमार्गको कपुरकोट बसेरामा सडक माथीबाट खसेको पहिरोमा फसेका ४ सवारीसाधनको नेपाल प्रहरीले उद्धार गरेको छ ।

बिहीवार बिहान अन्दाजी ५ बजेतिर आएको पहिरोले सडकमा पार्किङ गरिराखेका रा.१ ज. १६२ नं. को एम्बुलेन्स, ना.१.ख. ८७८६ नं. को टिप्पर, रा.१ त २५३४ र रा.१ ख. नं. को मिनिट्रकहरू पहिरोमा फसेका थिए ।

पहिरोमा फसेका उक्त गाडीगरूलाई नेपाल प्रहरीको कपुरकोट चौकीबाट प्र.ना.नि. याम बहादुर बस्नेतको कमाण्डमा ५ जनाको प्रहरी टोली खटीई जे.सी.बि. द्वारा उद्वार गरेको उद्धार गरिएको हो । बसेरामा हिजो देखिनै पहिरोले सडकखण्ड अवरुद्ध भएको थियो ।

हाल सो राप्ति राजमार्ग बन्द रहेको र प्रहरी चौकी कपुरकोटबाट प्र.ना.नि. याम बहादुर बस्नेतको कमाण्डमा खटीएको प्रहरी टोलीद्वारा बाटो खुलाउने प्रयास जारी जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

(फोटोहरू: जिप्रका सल्यानको फेसबुक बाट )

यस्तो छ – प्रवक्ताले जारी गरेको जानकारी

मिति २०७८।०३।०३ गते बिहान अ. ०५:०० बजेको समयमा जि.सल्यान कपुरकोट गा.पा.-०३ बसेरा स्थित सल्यान दाङ्‌ग अन्तर्गतको राप्ति राजमार्गमा लगातार परेको अबिरल बर्षाका कारण माथीबाट पहिरो आई पार्किङ गरी राखेका रा.१ ज. १६२ नं. को एम्बुलेन्स, ना.१.ख. ८७८६ नं. को टिप्पर, रा.१ त २५३४ र रा.१ ख. नं. को मिनिट्रकहरू पहिरोले फसेकोमा प्रहरी चौकी कपुरकोटबाट प्र.ना.नि. याम बहादुर बस्नेतको कमाण्डमा ५ जनाको प्रहरी टोली खटीई गई जे.सी.बि. द्वारा उद्वार गरेको ।

हाल सो राप्ति राजमार्ग बन्द रहेको र प्रहरी चौकी कपुरकोटबाट प्र.ना.नि. याम बहादुर बस्नेतको कमाण्डमा खटीएको प्रहरी टोलीद्वारा बाटो खुलाउने प्रयास जारी रहेको व्यहोरा समेत जानकारीको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध ।

प्रहरी प्रबक्ता
जिल्ला प्रहरी कार्यालय, सल्यान ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज