June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१, आईतवार
कपुरकोटमा १४७ जनाले कोरोना विरुद्धको खोप लगाए, १२४ जना कोरोनामुक्त

कपुरकोटमा १४७ जनाले कोरोना विरुद्धको खोप लगाए, १२४ जना कोरोनामुक्त

सल्यान, २७ जेठ । सल्यानको कपुरकोट गाउँपालिकामा ६२ देखी ६४ वर्ष उमेर समुहका १४७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । मंगलबार र बुधबार संचालन गरिएको खोप कार्यक्रममा ६८ जना पुरुष र ७९ जना महिलाले खोपको पहिलो डोज लगाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको ६ वटै वडा स्थित स्वास्थ्य संस्थामा खोल लगाउने ब्यवस्था मिलाइएको थियो । वडा नं १ मा १० जना, २ मा २७ जना, ३ मा ४२ जनाले खोप लगाएका छन् । यस्तै वडा नं ४ मा १५ जना, ५ मा २९ जना र ६ मा २४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य शाखाका सिअहेव सुवाश हमालले जानकारी दिएका छन् ।

१२४ जना कोरोनामुक्त

यसैवीच कपुरकोट गाउँपालिकामा गत बैशाखयता १२४ जना कोरोनामुक्त भएका छन् । पिसिआर र एन्टीजिन परिक्षण गर्दा संक्रमण पुष्टी भएका १५५ जना मध्ये १२४ जना निको भएका हुन् । गाउँपालिकामा हाल ११ जना महिला र ११ जना पुरुष गरेर २२ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये २१ जना होम आइसोलेसन र १ जना अस्पतालमा उपचाररत छन् । संक्रमित मध्ये ९ जनाको भने मृत्यु भएको छ ।