अवरुद्ध राप्ती लोकमार्ग २३ घण्टापछि संचालनमा
९ चैत, सल्यान।
सुख्खा पहिरोका कारण अवरुद्ध राप्ती लोकमार्गको सल्यान – दाङ सडकखण्ड खुलेको छ । अवरुद्ध बनेको २३ घण्टा भन्दा बढी समयपछि सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गएराती करिब साढे सात बजेतिर सल्यानको कपुरकोट चोरखोला नजिकै सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध बनेको थियो ।
दाङबाट स्काभेटर ल्याएर पहिरो हटाए पछि अवरुद्ध सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
हिजो साझ पहिरोले सडक खनि रहेको क्रममा स्काभेटर समेत पहिरोले पुरिएको थियो ।
गएराती देखि सडक अवरुद्ध हुँखा सयौं सवारी साधन तथा यात्रु अलपत्र परेका थिए । साना गाडीका लागि वैकल्पिक बाटो भए पनि ठुला गाडीका लागि भने वैकल्पिक सडक हुँदा धेरै सवारी साधन जाममा परेका थिए ।







प्रतिकृया दिनुहोस्