January 18, 2026, Sunday
२०८२ माघ ५, आईतवार
पहिरो खसेपछि मुग्लिन – नारायणगढ सडक अवरुद्ध

पहिरो खसेपछि मुग्लिन – नारायणगढ सडक अवरुद्ध

साउन १६, काठमाडौ। पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ।

गए राति भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने घुमाउने नजिकै लेदो माटोसहित पहिरो खसेको थियो।

दुवैतर्फ अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए। केही समयमा पहिरो हटाइसक्ने र सडक पुन: सुचारू गर्ने तयारी छ।

अविरल वर्षापछि लेदोसहित पहिरो खस्दा सडक अवरूद्ध भएको हो।