September 22, 2026, Tuesday
२०८३ आश्विन ६, मंगलवार
दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु : एक जना बेपत्ता

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु : एक जना बेपत्ता

असोज २०, दाङ ।

दाङमा खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १५ निबासी ४८ बर्षिय मदन डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। बुधबार दशै टिकाको दिन मामाघरमा रहेका छोराछोरीलाइ लिन जाने क्रममा खैरेनी खोलाले बगाउदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

हिजो वेपत्ता भएका डाँगिको शव आज बिहान भेटिएको थियो। शवलाई प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ।

अर्का एकजना गुर्जे खोलाले बगाउदा वेपत्ता भएका छ्न । वेपत्ता कल्लु चौधरी घोराही १० दक्षिण अमराई बाट सरआ तर्फ आउने क्रममा वेपत्ता भएका हुन । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।