सल्यानमा दृष्टिविहिन विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण
सनत कुमार शर्मा – भाद्र १, सल्यान। सल्यान जिल्लाको शिवजन माध्यामिक विद्यालयमा अध्यनरत दृष्टिविहिन छात्र छात्राको लागि स्कूल ब्याग वितरण गरिएको छ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको स्थापना दिवसको अवसरमा शारदा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष प्रदिप कुमार पाण्डेले स्कूल ब्याग वितरण गर्नु भएको हो ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज, जिल्ला शाखा सल्यालने विद्यालयको छात्रावास सितलपाटी सल्यानमा आयोजना गरेको कार्यक्रमा १४ जना छात्र छात्राहरुलाई सो ब्याग वितण गरिएको हो। विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले जिल्लाको सदरमुकाम खलंगा लगातका विभिन्न स्थानहरुमा योग, ध्यान र मोटिभेशनल कक्षाहरु संचालन गर्दै आएको छ ।
योग अभ्यासको माध्यमबाट शरिर तथा मन मष्तिस्कलाई स्वास्थ राख्न सकिने भएकाले मानव जीवनमा योगको महत्व ठूलो रहेको प्रमुख अतिथि पाण्डेले बताउनुभयो। कार्यक्रमा कर्णाली प्रदेश संयोजक योग प्रशिक्षक गिता वलीले मानव जिवनमा योगको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो। योगले शरिर तन्दुरस्त राख्ने र ध्यानले आत्मा र पर्मात्मालाई जोडी मन तथा मष्तिस्कलाई स्वस्थ अवस्थामा राख्ने भएकाले योग र ध्यानको महत्व वढी रहेको बताउनुभयो ।
छात्रावासमा बिहान संचालित कार्यक्रमको अध्यक्षता शिवजन माध्यामिक विद्यालयमा प्रधानाध्यापक हिरालाल नेपालीले गर्नु भएको थियो । कायक्रममा दृष्टिविहिन विद्यार्थीका श्रोत शिक्षक राजेश प्रसाद अर्यालले योग तथा ध्यान बाट विद्यार्थीहरु लाभान्वित भएको बताउनु भयो । कार्यक्रमा प्रशिक्षक गिता वलीलाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण योग प्रशिक्षक सनत कुमार शर्मा र खडग बहादुर रानाले गर्नुभएको थियो ।
लेखकको सम्वन्धमा