July 28, 2026, Tuesday
२०८३ श्रावण १२, मंगलवार
सल्यानको दार्मामा नेपाल रेडक्रस सोसाइटी एकिकृत सामुदायिक उत्थानसिल परियोजनाकाे बैठक सम्पन्न

सल्यानको दार्मामा नेपाल रेडक्रस सोसाइटी एकिकृत सामुदायिक उत्थानसिल परियोजनाकाे बैठक सम्पन्न

प्रकाश शर्मा – साउन २९, सल्यान। नेपाल रेडक्रस सोसाइटी एकिकृत सामुदायिक उत्थानशिल परियाेजना सल्यानकाे दाेस्राे त्रैमासिक समिक्षा बैठक सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दार्माकाे सभाहलमा बैठक सम्पन्न भएको हाे। बैठकमा दार्मा गाउपालिका अध्यक्ष निम बहादुर केसि, उपाध्यक्ष जुना मल्ल चन्द, दार्मा गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रेशम ओलि , शाखा प्रमुख सबै वडा अध्यक्षहरु विद्यालयका प्र.अहरुकाे उपस्थित रहेको थियो।

सम्पन्न बैठकमा नेपाल रेडक्रस सोसाइटी परियाेजना अधिकृत राम प्रसाद भन्डारीले परियाेजना संचालित क्षेत्रमा भएका प्रगतिहरु प्रस्तुत गरेका थिए।

प्रमुख प्रगतीहरुमा दार्मा खाेला लिफ्ट खानेपनि याेजना निर्माणका लागि स्थानिय सरकार र परियाेजना बीच सहकार्य तथा याेजना दिगाेपनको विषयमा सम्झाैता , जलवायु परिवर्तन अनुकुलकाे क्षेत्रमा सहयाेग पुग्नेगरि मालिका डांडामा प्राकृतिक रिचार्ड पाेखरि निर्माण, वडा विपत तथा जलवायु उत्थानशिल समितिकाे अगुवाईमा वडास्तरिय माैषमि प्रकाेप र जाेखिम समुदायहरुकाे पहिचानगरि विपत प्रतिकार्यका लागि जिम्मेवारी वाडफाड गर्नुको साथै समुदायकाे अगुवाइमा वडा नं १ र २ का टाेलहरुमा फाेहर व्यवस्थापन अभियानमा स्थानीय सामाग्रीहरुकाे उदाहरणीय प्रयाेग गरिनु जस्ता प्रगति प्रस्तुतिकरण अवधिकाे महत्त्वपूर्ण मुख्य उपलब्धिहरु रहेका छन।

बैठकमा भन्डारीले त्रैमासिक अबधिमा गरिने गतिविधिहरु र बजेटको बारे प्रस्ट पारेका थिए।

विपद अधिकृत कृष्ण पाेख्रेल काे सहजिकण गरेकाे बैठक काे अध्यक्षता उपशाखा दार्मा का सभापति अनन्त प्रसाद शर्माले गरेका थिए।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज