June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१, आईतवार
सल्यान थारमारेकी मृगौला पिडित गौरी बोहराको उपचारार्थ सहयोग जुट्न सुरु

सल्यान थारमारेकी मृगौला पिडित गौरी बोहराको उपचारार्थ सहयोग जुट्न सुरु

साउन २२, सल्यान। सल्यानको बागचौर नगरपालिका २ लामाडाडाकि मृगौला पीडित  गौरी बोहराको उपचारार्थ सहयोग जुट्न थालेको छ।

करिब १ बर्ष अघि देखि दुबै मृगौलाले काम गर्न छोडेपछी मृगौलाको डाईलो सेस गर्नकोलागी भेरी अस्पताल नेपालगन्जमा रहेको र  बोहराको आर्थिक अबस्था साह्रै दयनिय भएको कारण थप उपचारको लागि परिवारले आर्थिक सहयोगको याचना गरेका छन।

गौरी बाेहरा बचाउ अभियान अन्तर्गत सल्यानको बागचौर नगरपालिका २ थारमारे बाेहरागाउ हाल दङ्गिसरण गाउँपालिकामा कार्यरत सिभिल सब ईन्जिनियर भुम प्रसाद बाेहराले २०५५ सहयोग गरेका छ्न।

सहयोगी मनहरुले उनको श्रीमान अस्वीर बोहराको  खाता नम्बर P३०७०१०१४३६९१ (ग्लोबल आइ एमइ बैंक) मा सहयोग गर्न सकिनेछ।