सल्यानमा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु
असार ४,सल्यान।
सल्यानमा जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको शिद्वकुमाख गाउँपालिका वडा नं.३ डाडाकटेरीका ५७ बर्षिया दलवहादुर बुढाथोकीको बनमा लागेको आगो निभाउने क्रममा मृत्यु भएको हो।
नजिकैको स्थानीय दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा शुक्रबारदेखि लागेको र आगो निभाउने क्रमममा बुढाथोकी शनिबार दिउसो १२ बजे तिर आगोको लप्कोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानियका अनुसार उनी सोही सामुदायिक बनमा खोटोको काम गर्ने भएकाले आगोबाट खोटोका बाकस जोगाउने क्रममा आगोका लप्काले जलेर ज्यान गएको हो।
घटनाको अनुसन्धानको लागि जिल्लाबाट प्रहरी निरीक्षक सहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित खडकाले बताउनुभयो ।
लेखकको सम्वन्धमा