September 23, 2026, Wednesday
२०८३ आश्विन ८, बिहीबार
आफ्नै पार्टी भित्र अन्तरघात गरेको आरोपमा सल्यानका पुर्व मेयरलाइ पार्टीबाट निष्कासन

आफ्नै पार्टी भित्र अन्तरघात गरेको आरोपमा सल्यानका पुर्व मेयरलाइ पार्टीबाट निष्कासन

जेठ १७ , सल्यान।

सल्यानको बागचौर नगरपालिकाका पुर्व मेयर लोकमान बुढाथोकीलाई आफ्नै पार्टीबाट निष्कासन गरिएको छ।

बैशाख ३० गते सम्पन्न भएको स्थानीय चुनावमा आफ्नो पार्टीलाइ हराउन अन्तरघात गरेको भन्दै उनलाइ नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ।

प्रदेश राजधानी सुर्खेतमा १४/१५ गते बसेको पार्टीको प्रदेश स्तरीय बिस्तारित बैठकले बुढाथोकी विरुद्ध यस्तो निर्णय गरिएको प्रदेश कमिटी सदस्य धनजित शाहीले बताए।

बुढाथोकीलाई पार्टीबाट कारबाहीको लागि बागचौर नगर कमिटीले गत जेठ ७ गते जिल्ला समन्वयलाई सिफारिस गरेको र जिल्ला समन्वय समितिले प्रदेश कमिटीलाई गरेको सिफारिसकाे आधारमा प्रदेश कमिटीले यो निर्णय गरेको हो।

बुढाथोकी नेकपा माओवादी केन्द्र प्रदेस कमिटी सदस्य समेत रहेका थिए।