September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
बागचौर नगरपालिका सल्यानका पुर्वमेयरद्वारा पत्रकार र विद्यार्थीलाई अक्षयकोष स्थापना

बागचौर नगरपालिका सल्यानका पुर्वमेयरद्वारा पत्रकार र विद्यार्थीलाई अक्षयकोष स्थापना

 

जेठ ९, सल्यान।  सल्यानको बागचौर नगरपालिका संस्थापक मेयर लोकमान बुढाथोकीले नेपाल पत्रकार महासंघ सल्यान शाखामा र नगर भित्रको मातहतमा रहने गरि स्थानिय शिक्षा समितिमा छुट्टा छुट्टै  अक्षयकोष स्थापनाको घोषणा गरेका छन् ।

आफू कार्यकालमा रहदा नगर प्रमुखको रुपमा पाएको सेवा, सुबिधा (तलब/भत्ता) बापतको २ लाख ८० हजार ८ सय ४१ रुपैयाँको अक्षयकोष नेपाल पत्रकार महासंघ सल्यानमा स्थापना गर्ने बुढाथोकीले घोषणा गरेका हुन । उनका अनुसार अक्षयकोषको रकमबाट आउने व्याज रकम कार्यविधि बमोजिम प्रत्येक वर्ष १ जना उत्कृष्ट पत्रकारलाई सम्मान सहित रकम उपलब्ध गराइनेछ।

त्यस्तै उनले प्राप्त ( तलब / भत्ता ) रकमबाट नै रु.५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ रकम बागचौर नगर कार्यपालिका अन्तर्गतको स्थानीय शिक्षा समितिको मातहतमा रहने गरी छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने पनि घोषणा गरेका छ्न ।

बागचौर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत रहेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा SEE मा सबैभन्दा उत्कृष्ट GPA अंक ल्याउने सहिद, बेपत्ता तथा द्वन्द्व पीडितका सन्ततिहरू मध्ये एक जना छात्रा र एक जना छात्रलाई र नगरभित्रका सम्पूर्ण विद्यार्थीहरु मध्येबाट एक जना छात्र र एक जना छात्रालाई प्रत्येक वर्ष अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याज रकमबाट तोकिएको कार्यविधि बमोजिम सम्मान सहित छात्रवृत्ति रकम प्रदान गरिने बुढाथोकीले बताए ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज