February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
वडा अध्यक्ष सहित ३ जना द्वारा कार्यालयलाई जग्गा दान

वडा अध्यक्ष सहित ३ जना द्वारा कार्यालयलाई जग्गा दान

११ चैत, सल्यान।

सल्यानको बागचौर नगरपालिका वडा न. ८ का वडाध्यक्ष सहित ३ जनाले वडा कार्यालयलाइ जग्गा दान गरेका छन । 

वडाध्यक्ष रोमु शाहीले आफ्नो आमामा सम्झनामा मा करिब ३ रोपनी जग्गा दान गरेका हुन ।

स्थानीय तारादेव नेपाली र ओमप्रकाश गिरीले पनि कार्यालय स्थापनाकै लागि नगरपालिकालाई १।१ रोपनी जग्गा कार्यालय निर्माणका लागि दान गरेका हुन ।

बागचौर नगरपालिका स्तरीय तेस्रो वडाध्यक्ष कपको उद्घाटनका अवसर नगर प्रमुख लोकमान बुढाथोकीलाई जग्गाको लालपुर्जा नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।

जग्गा दान गर्दै वडा अध्यक्ष शाहीले आफ्नो कार्यकाल भित्र अफ्नो वडाका सम्पुर्ण ठाउँहरुमा समानान्तर र समानुपातिक तरिकाले बिकासका एजेन्डा अघि सारेको दाबी गरेका छन ।

साथै नगर प्रमुख लोकमान बुढाथोकीले वडा कार्यालय निर्माणका निम्ति जग्गा दान गरेर नगरपालिकाको नाममा पास गरेकोमा वडाध्यक्ष लगायत तिनै जना जग्गादातालाई विशेष धन्यवाद दिदै अन्य जनप्रतिनिधिहरुले पनि यस्ता खालका उदाहरणीय कामको अनुसरण गर्न आग्रह गरेका छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज