सल्यानको बागचौर नगरपालिका २ मा प्राथमिक आँखा तथा कान उपचार केन्द्र” उद्घाटन
१४ चैत, सल्यान।
सल्यानको बागचौर नगरपालिका २ खरिबोटमा “प्राथमिक आँखा तथा कान उपचार केन्द्र” को उद्घाटन गरिएको छ। केन्द्रको उद्घाटन नगरप्रमुख लोकमान बुढाथोकीले गर्नुभएको हो ।
प्राथमिक आँखा तथा कान उपचार केन्द्र” को उद्घाटन गर्दै नगर प्रमुख लोकमान बुढाथोकीले स्वास्थ्य क्षेत्रमा पनि नगरपालिकाले महत्त्वपूर्ण कामहरू गर्न सफल रहेको बताएका छन ।
नगरपालिका स्वास्थ्य क्षेत्रमा एक कदम अगाडि बढेको महसुस भएको बताउदै । यस केन्द्रलाई आफुले पाउने सेवा सुबिधा (तलब/भत्ता)बाट १ लाख रुपैयाँ सहयोग गर्ने बताएका छ्न ।
आँखा तथा कानको उपचार केन्द्रमा आफूहरूले विभिन्न ठाउँमा पहल गरेर नगरपालिकाको खर्च कम भन्दा कम गरेर जनतालाई धेरै सेवा, सुविधा दिन सकेको नगर प्रमुख बुढाथोकीले उल्लेख गरे ।
आफ्नो उद्देश्य भनेको नगरपालिकाले आफुसँग रहेको सीमित बजेटमा सक्ने जति ठाउँमा सहकार्य गरेर अधिकतम सुविधा जनतालाई दिने रहेको नगर प्रमुखको भनाई रहेको थियो ।
अहिले पनि बागचौर नगरपालिकाले “प्राथमिक आँखा तथा कान उपचार केन्द्र” नेपाल नेत्र ज्योति संघको सहकार्यमा सञ्चालन गर्दैछ ।
नेपाल नेत्र ज्योति संघले उपचार केन्द्रलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउनेछ ।
प्रतिकृया दिनुहोस्