सल्यानको बागचौर नगरपालिकाले गर्यो सहिद रिङ्गरोडको उद्घाटन
७ चैत, सल्यान।
सल्यानको बागचौर नगरपालिले पालिकाको वडा नम्बर १ बरा रुख देखि वडा नम्बर ३ चौरपानी सम्मको सहिद रिङ्गरोडमा सल्यान रुकुम यातायात प्रा.लि.को यात्रुवाहक बस सञ्चालन गर्दै उद्घाटन गरेको छ ।
आज एक कार्यक्रमका बिच बागचौर नगर प्रमुख लोकमान बुढाथोकीले उक्त सहित रिङ्गरोड उद्घाटन गरेका हुन।
बागचौर नगरपालिकालाई रिङ्गरोड मार्फत जोड्ने महत्त्वपूर्ण कार्य सफल भएको मेयर बुढाथोकीले बताए ।
सहिद रिङ्गरोड निर्माण भएपछि कालाखेत,बरारुख हुँदै कोटबेतमा गाडी संचालन हुनेछ।
कार्यक्रममा सल्यान रुकुम यातायात प्रा.लिका कर्मचारीको साथै स्थानीयहरुको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्