आफ्नै पार्टी भित्रै अन्तरघात गरेको आरोपमा सल्यानका पुर्व मेयरलाई कारबाहीको माग
जेठ ७ , सल्यान। सल्यानको बागचौर नगरपालिकाका पुर्व मेयर लोकमान बुढाथोकीलाई आफ्नै पार्टीबाट कारबाहीको माग गरिएको छ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्णय गरि उम्मेदवारी घोषणा गरिएका उम्मेदवार विरुद्ध र आफ्नै पार्टीलाई क्षति पुग्ने खालका गतिविधिका साथै समग्र मतदान प्रक्रियालाई अन्तरघात गरेकाे भन्दै बुढाथोकीलाई कारबाहीको माग गरिएको हो।
आज शनिबार बसेको माओवादी केन्द्र बागचौर नगरपालिका नगर कमिटीको तेस्रो विस्तारित बैठकले यो निर्णय गरेको हो ।
निर्णयबाट बुढाथोकीलाई आफ्नै पार्टीका उम्मेदवारलाई चुनावमा हराउन षड्यन्त्र गरेको र उम्मेदवार पराजित गर्न अनेक प्रयास गरेको आरोप लगाई बैठकले जिल्ला समन्वय समिति मार्फत प्रदेश कमिटी संग कारबाहीको माग गर्दै सिफारिस गरिकाे जनाएको छ। बुढाथोकी नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य, साेहि नगरपालिका वडा नं. ८/९ काे पार्टी कमान्ड इन्चार्ज समेत हुन।
उनले केही दिन अघि स्थानीय तह निर्वाचनमा आफू इन्चार्ज रहेको वडामा माओवादी केन्द्रका उम्मेदवार पराजित भएपछि कमान्ड इन्चार्जकाे जिम्मेवारीबाट नैतिकताको आधारमा पनि राजिनामा दिएकाे घोषणा समेत फेसबुकबाट दिएका थिए।
यद्यपि अहिले उनको सो निर्णय नगर कमिटीले जिल्ला हुदै प्रदेशलाई सिफारिस गरेपनि उताकाे निर्णय भने आउन बाकी रहेको छ।
साथै आजै बसेको बैठकले आफ्नो पार्टीबाट नगर कमिटी सदस्य डिल्ली वलीलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेकाे छ।
वलीले पनि निर्वाचन आफ्ना उम्मेदवारलाई पराजित बनाउने कार्य गरेकाे भन्दै नगर कमिटीले निलम्बनकाे निर्णय गरेकाे जनाएको छ।
यस्तो छ निर्णय
क
लेखकको सम्वन्धमा