January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
पुर्व मन्त्री बस्नेत सवारी दुर्घटनामा परि घाइते

पुर्व मन्त्री बस्नेत सवारी दुर्घटनामा परि घाइते

बैशाख २९, सल्यान ।
माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

सल्यानबाट दाङ जादै गरेको उनी सवार बा ८ च ६९२५ नम्बरको बोलेरो जिप एम्बुलेन्ससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस्नेतसहित १० जना घाइते भएका छन् ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको र अवस्था सामान्य भएको इप्रका तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।