May 4, 2026, Monday
२०८३ बैशाख २१, सोमबार
बस्नेत द्वारा माओवादी केन्द्रको कर्णाली प्रदेश सह– ईञ्चार्जको जिम्मेवारी अस्वीकार

बस्नेत द्वारा माओवादी केन्द्रको कर्णाली प्रदेश सह– ईञ्चार्जको जिम्मेवारी अस्वीकार

भदौ ०८, सल्यान । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य, सल्यान प्रतिनिधि सभा सांसद तथा पूर्व मन्त्री टेक बहादुर बस्नेतले नेकपा (माओवादी) केन्द्रको कर्णाली प्रदेश सह – ईञ्चार्जको जिम्मेवारी अस्वीकार गरेका छन ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश ईञ्चार्जमा शक्ती बहादुर बस्नेत, सह– ईञ्चार्जहरुमा क्रमशः महेन्द्र बहादुर शाही, टेकबहादुर बस्नेत, कालिबहादुर मल्ल, अध्यक्षमा राजकुमार शर्मा र सचिवमा रामदिप आचार्यलाई तोकेपछि नेता बस्नेतले छलफल बिनानै तोकीएको जिम्मेवारी तोकीएको भन्दै अस्वीकार गरेका हुन ।

सामाजिक सञ्जाल फेसबुक बाट संक्षिप्त प्रतिक्रिया दिदै नेता बस्नेतले भनेका छन – ‘छलफल बिनाको रहस्यमय गठबन्धनको यो जिम्मेवारी मलाई अस्वीकार्य छ ।’ जिम्मेवारी दिनेहरुलाई नेता बस्नेतले रहस्यमय गठबन्धन भनेका छन ।

बस्नेतले नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षको आकाँक्षा राखेकोमा सह – ईञ्चार्ज को जिम्मेवारी दिईएकोमा आक्रोसित बनेको स्रोतले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज