September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
‘माओवादी केन्द्र कर्णाली अध्यक्षको हकदार मै हु, सल्यानको ईञ्चार्ज क. छहारी हुनुपर्छ’ : बस्नेत

‘माओवादी केन्द्र कर्णाली अध्यक्षको हकदार मै हु, सल्यानको ईञ्चार्ज क. छहारी हुनुपर्छ’ : बस्नेत

भदौ १०, सल्यान । नेकपा ( माओवादी केन्द्र)का नेता, सल्यान बाट निर्वाचित संघीय सांसद तथा पूर्व मन्त्री टेकबहादुर बस्नेतले नेकपा ( माओवादी केन्द्र)को कर्णाली प्रदेश अध्यक्षमा माया प्रसाद शर्मा पछि रोलक्रमले आफू अध्यक्षको हकदार भएको बताएका छन ।

२०७८ श्रावन ३० र ३१ गते सम्पन्न पार्टी केन्द्रीय समितिकाे बैठकको स्पृट अनुसार स्थायी कमिटीले पार्टीको संगठनात्मक निर्णय लिन नसकेको बताउदै बस्नेतले गुप्त अंध्याराे काेठामा रहस्यमय गुटवादी गठबन्धनबाट पार्टीकाे कुनै मापदण्ड, पार्टी कार्यकर्ता एवं नेतृत्वकाे मूल्यांकन प्रणाली र छलफलकाे विधि-पद्धति नअपनाएर नेतृत्व हस्तान्तरण गरिएकाे उनले बताएका छन ।

त्यस्तै आफुलाई कर्णालीको सह इन्चार्ज बनाएपछि सल्यानको पनि इन्चार्ज बनाएकोमा उनले आपत्ति जनाएका छन । दुईवटा जिम्मेवारीले सल्यानको पार्टीपंक्तिमा भ्रम सिर्जना भएको भन्दै उनले आफुलाई सल्यानको इन्चार्ज बनाईरहन आवस्यक नभएको र सल्यानको इन्चार्ज क. छहारीलाई बनाउनु पर्ने उनले बताएका छन ।

यस्तो छ – बस्नेतको वक्तव्य

१) २०७८ श्रावन ३० र ३१ गते सम्पन्न हाम्राे पार्टी केन्द्रीय समितिकाे बैठकमा अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन उपर विस्तृत रुपमा गंभीरतापुर्वक छलफल भयाे र उठेका प्रश्नहरुकाे पनि सविस्तार उत्तर स्वरुप अध्यक्ष कमरेडले व्याख्या पनि गर्नु भयाे । नयाँ संकल्प र भूमिका स्वरुपकाे संक्षिप्त र साँकेतिक प्रतिवेदन एक मतले पारित पनि भयाे । बैठकले केही अाशा अवश्य जगाएकै हाे र छ । एंगेल्सका शब्दमा (कुनै वस्तु) पार्टी “माउकाे अण्डाकै अवस्थामा छ, जसलाई निश्चित तापक्रम दिए चल्ला बन्छ” जस्तै पार्टी रुपान्तरित बन्छ, क्रान्तिकारी बन्छ, याे अन्तिम अवसर समेत अध्यक्ष कमरेडले भन्नु भएकाे । तर वत्तीसपुतलीकाे अनुपम पार्टी प्यालेसमा भएकाे बैठक स्प्रीट पेरिसडाँडा स्थायी समिति बैठकलेे छाेडी दियाे पकड्न सकेन । यसर्थ केन्द्रीय समिति बैठक स्प्रीट अनुकुल स्थायी समितिले ठाेस गर्नुपर्ने संगठनात्मक निर्णय गर्न सकेन, निकै अपुराे निर्णय गरेर परिपत्र जारी गर्याे ।

२) फेरि पनि वर्गीय र निष्ठाकाे न्याय मर्दै गएकाे स्थायी समिति बैठकबाट अाभाष दिंदै जाने काम भएकाेछ । गुप्त अंध्याराे काेठामा रहस्यमय गुटवादी गठबन्धनबाट भएका निर्णयले पार्टीकाे कुनै मापदण्ड, पार्टी कार्यकर्ता एवं नेतृत्वकाे मूल्यांकन प्रणाली र छलफलकाे विधि-पद्धति अपनाएका छैनन् र छलफलबाट भागेका छन्, व्यक्तिगत रुपमा नेतृत्व हस्तान्तरण गरिएकाे छ ।

३) मायाप्रसाद अध्यक्ष हुने नै हाे भने भैअाएकाेमा मेराे अापत्ति छैन, फूल सपाेर्ट हुन्छ । तर अर्काे टिपेर ल्याउने नै हाे भने मान्य हुँदैन, त्यसपछि र राेलक्रममा हकदार म नै हाे मायाप्रसाददेखि अध्यक्ष कमरेड प्रचण्डसम्म भनिसकिएकाे अवस्था हाे, वहाँ लगायतले अाफ्नाे चाहना पूरा गर्नु रहेछ र मायाजी मसंग नखुल्नु भएकाे रहस्य खुलीसकेकाे छ । भाद्र ८ गते अर्थ मन्त्रालयमा बसेकाे गुप्त बैठककाे रहस्य एकपछि अर्काेगरि खुल्ने नै छ ।

४) मेराे जिम्मेवारी प्रदेशमा भैसकेपछि सल्यानकाे ईन्चार्जमा झुण्ड्याई राख्नु अावश्यक थिएन र छैन पनि । जिम्मेवारी बदल्नुपर्छ भन्ने कुरा नेतृत्वपंक्तिसंग राख्दा राख्दै फेरि झुण्ड्याई राख्नुले सल्यानकाे नेतृत्वपंक्ति र अाम कार्यकर्तामा भ्रम पैदा गरेकाेछ, यसलाई स्थायी समितिले चिर्नु पर्थ्याे, चिर्नुपर्छ । सबै अंगालाे पनि हाल्ने, तर समस्या हल गर्नुकाे सट्टा बल्झाई रहनु हुँदैन । अब सल्यानकाे ईन्चार्ज कमरेड छहारीलाई दिएर जानुकाे विकल्प छैन, यसबारे पर्याप्त छलफल भै नेतृत्व पंक्तिसम्म पुर्याई सकेकाे अवस्था हाे, एवं रितले साेपान र अान्दाेलनमा याेगदान र क्षमताका अाधारमा चयन गरिनुपर्छ र मात्र केन्द्रीय समितिकाे मूलस्प्रीट पकड्न मात्र हाे पार्टीमा भविष्य देखाउन सकिन्छ ।

५) सल्यान जिल्लाकाे समग्र राजनैतिक अान्दाेलन र कम्युनिष्ट अान्दाेलनकाे समीक्षा गरेर जानु र सल्यान जिल्लाकाे अान्दाेलनमा कुन नेतृत्वले कुन भूमिका निर्वाह गर्याे ? किटानी गर्नु हाम्राे जिम्मेवारी हाे, त्याे गर्नुपर्छ, एकताबद्ध भएर गराैं !

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज